ट्याक्कीमा बालकको शव भेटियो

६ बर्ष अगाडि

काभ्रेपलाञ्चोक – काभ्रेमा १५ महिनाको बालकको शव पानी ट्याक्कीमा भेटिएको छ ।

चितवनको राप्ती नगरपालिका स्थायी घर भएर बनेपा–६ बुडोलमा डेरा गरि बस्ने धुव्र खरेलेको १५ महिनाको छोरा अभिनव खरेल मृत अवस्थामा फेला परेको हो ।

आज बिहानै अभिभावकहरु पानी लिन गएको समयमा १६ महिनाका अभिनव एकाएक हराएका थिए । छोरा हराएको लामो समयसम्म नभेटिएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले संम्भावित ठाँउहरुमा खोज्ने क्रममा पानी राख्ने रिर्जभ ट्याक्कीमा हेर्दा बालक मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताए । प्रहरीले के कारणले घटना भयो त्यसको अनुशन्धान गरिरहेको बताए ।

६ बर्ष अगाडि

प्रतिक्रिया