चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले साउन महिनाभित्र पार्टी एकता जसरी पनि टुंगिने बताएका छन् ।
पत्रकारसँगको कुराकानी गदौँ उनले पार्टी एकता चाँडोभन्दा चाँडो टुंगिने बताएका छन् ।
‘पार्टीभित्र विवाद र बहस हुन्छन्, ती सबैलाई व्यवस्थापन गरेर पार्टी एकता टुंग्याउनुपर्छ ।’ नेपालले भने ।
सरकारका कामको विषयमा पार्टीभित्रबाट अनुगमन प्रणालीलाई दरो बनाएर काम गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘ढिलासुस्ती गर्ने, काम नगर्ने, बदमासी गर्ने र भ्रष्टाचार गर्नेलाई कारवाही गर्दै अघि बढ्नुपर्छ ।
प्रतिक्रिया