काठमाडौं – अख्तियारले गत आर्थिक वर्ष भ्रष्टाचारका ३ सय ९ वटा मुद्दा दायर गर्यो । मुद्दाको संख्या इतिहासमै सबैभन्दा धेरै भन्दै अख्तियारले यसलाई आफ्नो सफलताको रुपमा चित्रण गरेको छ ।
अख्तियारले हाल २०० बढी उच्च सरकारी अधिकारीको सम्पत्ति छानबनि गरिरहेको जनाएको छ । पदीय दुरुपयोग गरी अकुत सम्पति आर्जन गर्ने्विरुद्धको मुद्दा जम्मा ११ वटा भएकाले तल्लो तहका कर्मचारीमा मात्र केन्द्रीत भएको भनेर अख्तियारको आलोचना भइरहेको छ ।
यहि कारण अख्तियारले अकुत सम्पति आर्जन सम्बन्धि जारी छानबिन जतिसक्दो चाँडो टुंग्याएर अदालतमा मुद्दा लैजानुपर्छ । सार्वजनिक पद धारण गर्ने राजनीतिक व्यक्ति र उच्च ओहोदाका कर्मचारीले नीतिगत निर्णय गरेर समेत अकुत सम्पति आर्जन गर्दै आएका छन् । अख्तियारले त्यस्ता विवादास्पद निर्णयमा संलग्न सार्वजनिक पदाधिकारी सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ । त्यसो भए मात्र अख्तियार भ्रष्टाचार न्युनिकरणका लागि सक्रिय भएको ठहर्ने जनाएको छ ।
प्रतिक्रिया