प्रधानमन्त्रीले भित्र्याएको लगानीमा नेताहरुको लडाई, १४ अर्ब ४० करोड संकटमा

६ बर्ष अगाडि

काठमाडौँ – प्रधानमन्त्री केपी ओलीको पहलमा भित्र्याइएको चिनीयाँ हुवाजिन सिमेण्ट उद्योगको लगानी सत्तारुढ नेकपाको नेताहरुको स्वार्थ बाझिएको कारण संकटमा परेको छ ।

नेकपाका नेताहरु राजेन्द्र पाण्डे, भूमि त्रिपाठी र शालिकराम जम्मरकट्टेलको विवादका कारण उद्योगको लगानी संकटमा परेको हो । 

धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तीमा निर्माणधिन सिमेण्ट उद्योगमा त्रिपाठी र जम्मरकट्टेलले समन्वय गरेपछि नेकपाकै अर्का नेता राजेन्द्र पाण्डेले अबरोध गरेका छन् । 

गत वर्ष असारमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा लगानी बोर्ड र हुवाजिनले सिमेन्ट उद्योगमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए ।

१४ अर्ब ४० करोड लगानीमा निर्माण हुन लागेको सिमेण्ट उद्योगले दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको थियो   । 

६ बर्ष अगाडि

प्रतिक्रिया