नयाँ आर्थिक वर्ष शुरु भएको दुई हप्तामा ६० म्यानपावर कम्पनी कार्वाहीमा परेका छन् ।
बैदेशिक रोजगार विभागले रोजगारीमा जाने कामदारलाई ठगी गर्ने र कम्पनीका कागजात नबुझाउने म्यानपावरलाई कारबाही गरेको हो ।
कारबाहीमा परेका म्यानपावरहरुको काम रोक्का गरिएको विभागका महानिर्देशक भिष्म भुसालले बताए ।
उनका अनुसार चालु आर्थिक वर्षका ६० सँगै अहिले २ सय ४ वटा म्यानपावर कम्पनीको काम कारवाही रोक्का छ ।
कारबाही रोक्का भएपछि उनीहरुले कुनै पनि वैदेशिक रोजगारीको क्षेत्रका कुनै पनि काम गर्ने पाउँदैनन् ।
कारबाहीमा पर्नेहरुमा कामदारलाई ठगी गर्ने, चर्को शुल्क लिने, विदेशमा अलपत्र पार्ने, काममा झुक्याउने, आयव्यव विवरण र कम्पनीका अन्य विवरण समयमै पेश नगर्ने म्यानपावर छन् ।
पीडितले दिएको उजुरीका आधारमा विभागले म्यानपावर कम्पनीको छानविन गरी कार्वाही गर्दै आएको छ ।
प्रतिक्रिया