काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर एउटै पार्टी नेपाल कम्युनिष्ट पार्टी बनेपछि दुई पार्टीको पूर्व केन्द्रीय कार्यालयहरुलाई नयाँ संरचना अनुसार परिवर्तन गर्न थालिएको छ ।
नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज दुई पार्टीको पूर्व केन्द्रीय कार्यालय पुग्दैछन् ।
अब यी कार्यालयहरु नयाँ पार्टी नेकपाको केन्द्रीय कार्यालय बन्नेछन् ।
दुई शीर्ष नेताहरु पुग्न अघि नै पेरिसाडाँडामा रहेको माओवादी केन्द्रको पूर्व हेडक्वाटरको बोर्डहरु हटाइएको छ । त्यहाँ नेकपाको नयाँ बोर्ड लगाइएको छ ।
त्यस्तै, धुम्बाराईस्थित एमालेको पूर्व मुख्यालयमा पनि बोर्डहरु हटाइएको छ ।
प्रतिक्रिया