काठमाडौँ – विदेशबाट आयात गरिने १२ प्रकारका वस्तुहरुमा व्यापारीले आफूखुसी मूल्य लिन नपाउने भएका छन् । भन्सार विभागले आजदेखि भन्सार विन्दुमै अधिकतम खुद्रा बिक्री मूल्य ९एमआरपी० घोषणा गर्नुपर्ने नियम लागू गरेपछि व्यापारीले मनपरी मूल्य तोक्ने अबस्था अन्त्य भएको हो ।
विभागका अनुसार सबै प्रकारका टेलिभिजन, घरायसी एयर कन्डिसनर, घरायसी रेफ्रिजेरेटर, वासिङ मेसिन, माईक्रोओभन, शक्तिबद्र्धक जुस, मार्वल ग्रेनाईट र टायल, कुकिङ रेन्ज, चिम्नी, डिजिटल क्यामेरा, भिडियो क्यामेरा र सबै प्रकारका सवारी साधनहरु कतिमा बेच्ने भन्ने निधो व्यवसायीले भन्सार विन्दुमै गर्नु पर्नेछ । उनीहरुले तोकेको मूल्य भन्सार विभागले आफ्नो वेभसाइटमा राख्ने छ र उल्लेखित मूल्यभन्दा बढी लिएर व्यवसायीले बेच्न पाउँदैनन्।
आर्थिक ऐन २०६८ को व्यवस्था अनुसार तत्कालिन प्रधानमन्त्री डा। बाबुराम भट्टराईको सरकारले भन्सार विन्दुमै अधिकतम खुद्रा बिक्री मूल्य ९एमआरपी० घोषणा गर्नुपर्ने निर्णय गरेको थियो ।
तर तत्काल कार्यान्वयन हुन नसकेको उक्त निर्णय ६ वर्ष १० महिनापछि भन्सार विभागले कार्यान्वयनमा ल्याएको हो ।अब व्यवसायीले भन्सार विन्दुमा घोषणा गरेको मूल्यभन्दा धेरैमा उपभोक्तालाई वस्तु तथा सामान बिक्री गर्न नपाउने भएपछि उपभोक्ता ठगिने क्रम अन्त्य हुने विभागका महानिर्देशक रामेश्वर दंगालले बताए ।
भन्सार विभागको वेवसाइटमा उल्लेखित मूल्यसूची हेरेर ग्राहकले जानकारी लिने र वस्तु खरिद गर्न सक्ने विभागले जनाएको छ । तत्कालका लागि १२ प्रकारका वस्तुमा लागू गरिएको यो नियम जनताले अत्यधिक प्रयोग गर्ने लत्ता कपडा र श्रृंगार सामानमा पनि तुरुन्तै लागू गर्ने विभागले जनाएको छ । भन्सार विन्दुमै अधिकतम बिक्री मूल्य घोषणा गर्नुपर्ने वस्तुहरुको सूची विस्तार गर्न विभागले थप अध्ययन पूरा गरेको विभागका महानिर्देशक दंगालले बताए ।
प्रतिक्रिया