काठमाडौं – नेकपा का स्थायी कमिटि सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने पक्का भएको छ ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह्र ४ बजे भट्टराईलाई वालुवाटार बोलाएर सपथ ग्रहण गराउने कार्यक्रम राखिएको छ ।
गत २०७५ फागुन १५ गते तात्कालिन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रधानमन्त्री ओली आफैले सम्हाल्दै आएका थिए ।
प्रतिक्रिया