मदिरा पिएर गाडी चलाउने ४३९ जनाको लाइसेन्स निलम्बन, ९० हजार ६९० कारबाहीमा

६ बर्ष अगाडि

काठमाडौँ – मदिरा पिएर गाडी चलाउने ४३९ जनाको लाइसेन्स यातायात व्यवस्था कार्यालयले निलम्बन गरेको छ ।

कार्यालयले पाँच पटकभन्दा धेरै मादकपदार्थ सेवन गरी गाडी चलाएर कार्वाहीमा परेका व्यक्तिको लाइसेन्स निलम्बन गरेको हो । उनीहरुको लाइसेन्स निलम्बन गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सिफारिस गरेको थियो । १७ मंसिर २०६८ देखि गाडीचालकले मादक पदार्थ सेवन गरे नगरेको जाँच गर्दै आएको महाशाखाले मङ्सिर २०६९ देखि गर्दै मापसे गर्नेको लाइसेन्समा प्वाल पार्न शुरु गरेको थियो ।

ट्राफिक प्रहरी महाशाखाले हालसम्म उपत्यकामा एक लाख ९० हजार ६९० चालकलाई कारवाही गरेको छ । त्यसमध्ये पहिलोपटक मापसे सेवन गर्ने एक लाख ४९ हजार २१६, दोस्रोपटक २७ हजार ४७७, तेस्रोपटक नौ हजार ९९, चौथोपटक तीन हजार २८४ र पाँचौँ पटक एक हजार १७५ चालकलाई कारवाही गरिएको छ । महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले पछिल्लो समय उपत्यकामा मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको सङ्ख्यामा कमी आएको बताउनुभयो ।

“ पछिल्ला वर्षमा मापसे कारवाहीमा पर्नेको सङ्ख्यामा कमी आएको छ”, उहाँले भन्नुभयो । महाशाखाका अनुसार आव २०७४÷०७५ मा २२ हजार २२६ चालक मापसेमा कारवाही परेकामा आव २०७५र०७६ मा २१ हजार ९७३ चालक कारवाहीमा परेका थिए । महाशाखाले मापसे कारवाहीमा परेका चालकसँग रु एक हजार जरिवाना लिनाका साथै उनीहरूका लागि कक्षा सञ्चालन गर्दै आएको छ ।

उपत्यकामा मापसे सेवन गरी सवारीसाधन चलाएपछि दुर्घटना हुने र धेरै मानिसको मृत्यु हुने गरेपछि ट्राफिक महाशाखाले २०६९ देखि मापसे जाँच तथा कारवाही गर्दै आएको हो ।

६ बर्ष अगाडि

प्रतिक्रिया