मन्त्री साहद्वारा डुङ्गा उपलब्ध

६ बर्ष अगाडि

सप्तरी – प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरीको दक्षिणी भेगमा पर्ने तिलाठी कोइलाडी गाउँपालिकामा तीन थानमा डुङ्गा उपलब्ध गराउनु भएको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा प्रत्येक वर्ष बाढी आएको बेला आवागमनमा समस्या रहेकाले स्थानीयवासीको आग्रहमा मन्त्री साहले डुङ्गा उपलब्ध गराउनुभएको हो । मन्त्री साहले बाढी प्रभावित क्षेत्रमा पुगेर तिलाठी कोइलाडी गाउँपालिका वडा नं ४ बनरझुला र टिकुलियामा एक,एक र वडा नं ५ चट्टीटोलमा एउटा डुङ्गा स्थानीय बासिन्दालाई हस्तान्तरण गर्नुभयो ।

वर्षा र बाढीका कारण सप्तरी जिल्लाको अति बिकट मानिएको तिलाठी कोइलाडी गाउँपालिकाअन्तर्गतका बस्ती प्रत्येक वर्ष सामान्य वर्षा भएका बेलामा पनि डुबानमा पर्दै आएको छ । वर्षा हुनेबित्तिकै खाँडौखोला, कोशी नदीको सिपेजको पानी र जिता नदीको बाढीका कारण स्थानीय बासिन्दा डुबानमा पर्दै आएका छन् ।  स्थानीयवासीले आवतजावत गर्न सास्ती खेप्नु परेकाले सहज र सुरक्षित रहनको लागि सो गाउँपालिकामा डुङ्गा प्रदान गरेको मन्त्री साहले बताउनुभयो ।

करीब दुई साता अगाडि वर्षासँगै आएको बाढीले तिलाठी कोइलाडी गाउँपालिकाको कार्यालय डुबाउनुको साथै सो गाउँपालिकाका अधिकांश वडाका घर डुबानमा परेका थिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया