विप्लवको बन्दले जनजीवन प्रभावित

६ बर्ष अगाडि

काठमाडौं–विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउको विरोधमा गरिएको रामेछाप र दोलखाका साथै साविकको बागमती र नारायणी अञ्चलमा पर्ने जिल्ला बन्दका कारण सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ। 

विप्लवका कार्यकर्ता तोडफोड र आगजनीमा उत्रिन सक्ने डरले उपत्यका बाहिर यातायातका साधन प्रभावित बनेका छन् भने शिक्षण संस्था र उद्योग प्रतिस्धान पनि प्रभावित भएका छन् । 
यस्तै काठमाडौं उपत्यकाका अधिकांश शिक्षण संस्थाहरु बन्द रहेका छन् । तर,  यातायातका साधन भने खासै प्रभावित भएको छैन । 
विप्लवका कार्यकर्ताले गराउन  सक्ने सम्भावित दुर्घटनालाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ। 
विप्लव समूहलाई सरकारले प्रतिबन्ध गरेको छ । त्यसयता दुबै पक्षएकअर्काप्ति आक्रामक बन्दै आएका छन् । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया