काठमाडौं – राजस्व चुहावट तथा बिदेशी बिनिमय अपचलन मुद्दामा फरार व्यक्ति हाल काठमाडौं उत्तरखेल बस्ने भोजपुर षडानन्द नगरपालिका–३ जिमिगाँउ ठेगाना भएका ४४ वर्षीय कमल बहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा फरार रहेका कमललाई विशेष सूचनाको आधारमा उक्त महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–७ सुकेधाराबाट मंगलबार बिहान पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत मकवानपुर पठाएको उक्त महाशाखाले जनाएको छ ।
प्रतिक्रिया