काठमाडौँ – अष्ट्रेलियाको डार्विनमा नेपाली संस्कृति एवम् परिकार महोत्सव–२०१९ भव्यताका साथ सम्पन्न भएको छ ।
नेपालीहरुको छाता संगठन(एनएएनटी) द्धारा आयोजित कार्यक्रम डार्विनको मुटुआटर फ्रन्टमा भएको थियो ।
नेपाली संस्कृतिक झाँकिद्धारा कार्यक्रमको शुरुवात भएको थियो, भने त्यस्तै जिवित कुमारी, नाखेनाच, कुमारी नाच, ढुङ्गेधारा, नेपाली भान्छा, नेपाल झल्कने कलावस्तु र नेपाली खानाका विभिन्न परिकारहरु बनाएका थिए ।
कार्यक्रममा औपचारिक रुपमा (एनएएनटी) का प्रसिडेन्ट सुभाष पोखरेल, अष्ट्रेलियन साँसद् लुक घोस्लीङ, स्थानिय सरकारका मन्त्रीहरु पल कर्ली र केट वार्डनले शुभकामना मन्तव्य राखेका थिए ।
सोहि कार्यक्रममा नेपाली समुदायमा निरन्तर सहयोग गर्ने व्यक्तित्व एवं संस्थाहरुलाई मायाको चिनो प्रदान गरीएको थियो
कार्यक्रम अवधि भर विभिन्न नृत्य गायन एवं कविता वाचनहरु भएको थियो ।
कार्यक्रममा लगभग छ हजार व्यक्तिहरु सहभागी भएका थिए ।



प्रतिक्रिया