काठमाण्डौँको कलंकीमा गएराति गोली चलेको छ ।
कलंकीमाई मन्दिरस्थित सामाजिक मार्गमा रहेको पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा मध्यराति गोली प्रहार भएको हो । यद्यपि मानवीय क्षति भएको छैन ।
प्रहरीका अनुसार, अज्ञात व्यक्तिले पूर्वउपसचिव शर्माका १९ वर्षीया छोरी बसेको कोठामा गोली प्रहार गरेका थिए । गोली झ्यालको जालीबाट भित्र पसेको थियो । शर्माको छोरीमाथि नै लक्षित गरेर गोली हानिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया