काठमाडौं – नेपाल एसबिआई बैंक लिमिटेडले गत आवको चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा रु २ अर्ब ३० करोड ३६ लाख आर्जन गरेको छ ।
जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा नाफा १३ दशमलव ८४ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा रु २ अर्ब २ करोड ३५ लाख कमाएको थियो ।
रु ८ अर्ब ४४ करोड ९२ लाख चुक्ता पुँजी भएको नेपाल एसबिआई बैंकको रिटर्न रु १ अर्ब ८९ करोड ७६ लाख र जगेडामा रु ३ अर्ब ८२ करोड १६ लाख छुटाएको छ ।
बैंकले निक्षेपमा १६ दशमलव २० प्रतिशतले वृद्धि गरी रु ९७ अर्ब ८८ करोड ८ लाखसंकलन गरी कर्जामा रु ८४ अर्ब ३० करोड ५ लाख लगानी गरेको छ । कर्जामा १६ दशमलव ६६ प्रतिशतले वृद्धि गरेको छ ।
बैंकको खुद व्याज आम्दानी १४ दशमलव ५२ प्रतिशतले बढेर रु ४ अर्ब ७४ करोड ६९ लाख पुगेको छ भने संचालन मुनाफा १३ दशमलव ४७ प्रतिशतले बढेर रु ३ अर्ब १३ करोड ३९ लाख पुगेको छ ।
प्रतिक्रिया