कुलमानले गरे प्राधिकरणका १४ कर्मचारीको बढुवा,को को परे सूचीसहित

६ बर्ष अगाडि

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले १४ जना माथिल्ला तहका कर्मचारीको बढुवा गरेको छ । उनीहरुलाई निर्देशक तहमा बढुवा गरिएको हो ।

प्राधिकरणको  कर्मचारी सेवा विनियमावली र उनीहरूको कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार  बढुवा हुनेमा ११ प्राविधिक , २ जना प्रशासन र एक जना अर्थका कर्मचारी रहेका छन् । प्राधिकरणले सोमबार उनीहरुको बढुवा गरिएको हो ।

उनीहरुलाई १० तहबाट ११ तहमा बढुवा गरिएको हो । बढुवा पाउने कर्मचारीमा ज्ञानेन्द्रमान जोशी, शालिग्राम शर्मा आचार्य, सुभाषकुमार मिश्र, रामगोपाल सिवाकोटी, किरणकुमार श्रेष्ठ, संगीता रायमाझी, सच्चिदानन्द यादव, अनिलमान श्रेष्ठ, अजयकुमार दाहाल, मोहनप्रसाद गौतम र प्रवक्ता प्रबल अधिकारी समेत परेका छन् ।

यस्तै प्रशासनतर्फका बलराम सिलवाल र शिवकुमार अधिकारी विदुरबहादुर ढुंगाना रहेका छन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया