काठमाडौं – ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षमा ३३ प्रतिशतले नाफा बढाएको छ ।
बैंकले प्रकाशित गरेको विवरण अनुसार गत आर्थिक वर्षमा रु २ अर्ब ७९ करोड नाफा गरेको छ । आर्थिक वर्ष २०७४र७५ मा बैंकको नाफा रु २ अर्ब १ करोड थियो ।
बैंकले ब्याज आम्दानी समेत ३३ प्रतिशतले बढाएको छ । बैंकले गतवर्ष रु ५ अर्ब १६ करोड ब्याज आम्दानी गरेको छ ।
बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा रु २ अर्ब ४२ करोड गरेको छ । सो हुँदा बैंकले साढे २३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राखेको छ । यद्यपी वार्षिक विवरण स्वीकृत हुँदा सो रकम फरक पर्छ ।
बैंकमा २०७६ असार मसान्तसम्ममा रु १ खर्ब २० करोड निक्षेप छ भने कर्जा रु १ खर्ब ८ अर्ब रहेको छ । २०७५ असार मसान्तमा बैंकमा रु १ खर्ब ४ अर्ब निक्षेप रहेको थियो भने कर्जा रु ८८ अर्ब रहेको थियो ।
बैंकको खराब कर्जा अनुपात ०.५५ प्रतिशत रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७८.६९ प्रतिशत छ अघिल्लो वर्ष ७५.३५ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया