कामचोर ठेकेदारलाई पाता कस्दै सरकार, पप्पूसहित ४५ लाई कालोसूचीमा

६ बर्ष अगाडि

काठमाडौं – सिक्टा सिंचाई आयोजना अन्तर्गतको डुडुवा नहर निर्माणमा लापरवाही गरेपछि सम्बन्धित आयोजनाको सिफारिसमा गत चैत ९ गतेदेखि आगामी ३ वर्षका लागि विवादित छविको पप्पु कन्स्ट्रक्सन कालोसूचीमा राखिएको छ ।  सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार पप्पु २०७८ चैत सम्म कुनै पनि सार्वजनिक ठेक्काका बोलपत्रमा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिएको छ ।

पप्पु मात्र होइन कार्यालयले पूर्वाधार निर्माणमा चरम लापरवाही गरी राज्यलाई हानी गरेका  ४५ वटा निर्माण कम्पनी तथा आपूर्तिकतालाई न्यूनतम एक वर्षदेखि अधिकतम् ३ वर्षसम्म कालोसूचीमा राखिएको छ ।

विगतका वर्षमा भन्दा यसपाली सम्बन्धित आयोजनाबाट कालोसूचीमा राख्न सबैभन्दा धेरै सिफारिस परेका छन् ।   पूर्वाधार निर्माणमा लापरवाही गरेको भन्दै सम्बन्धित आयोजनाबाट कारवाहीका लागि ५६ वटा सिफारिस आए पनि अन्य ११ वटा वटा ठेकेदार कारवाहीको प्रक्रियामा रहेका छन् ।

ठेक्कामा न्यून रकम कबोल गर्ने र मोबिलाइजेसन वापतको रकम बुझेपछि अनेक बहाना बनाएर काम नगर्ने कम्पनी नै धेरै कालोसुचिमा परेका  छन् । आयोजनाको सिफारिस र सम्बन्धित  ठेकेदारले गरेको कसुरका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा रहने म्याद तोक्ने गरेको छ ।

 

६ बर्ष अगाडि

प्रतिक्रिया