काठमाडौं– एकता गर्ने भनिएको ९ महिनापछि एमाले र माओवादीबीच एकता घोषणा गरिएको छ । गत असोज १७ गते दुई पार्टीबीच चुनावी गठबन्धन गरिएको थियो भने निकट भविष्यमा एकता गर्ने भनिएको थियो ।
सोहिअनुसार विभिन्न चरणको छलफल हुँदै आज राष्ट्रियसभागृहमा एक कार्यक्रमका बीच एकता घोषणा गरियो । एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिएको छ भने अध्यक्ष प्रचण्ड र केपी ओली नै रहेका छन् । पार्टीको चुनाव चिन्ह सूर्य राखिँदा केन्द्रीय समिति भने ४४१ सदस्सीय बनाइएको छ । जसमा एमालेबाट २४१ र माओवादीका २०० सदस्य अटाएका छन् । यसैगरी स्थायी कमिटी ५४ सदस्सीय बनाइँदा एमालेका २६ र बाँकी माओवादीका रहेका छन् ।
प्रतिक्रिया