काठमाडौं– प्रदेश नं २ का मुख्यमन्त्री लालबावु रावतले मधेशमा आएको बाढी र डुवानको विषयमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनसंग छलफल गर्नुभएको छ । प्रदेशका भौतिकमन्त्री जितेन्द्र सोनलसहित उर्जामन्त्रालय पुग्नुभएका मुख्यमन्त्री रावतले मधेषमा भइरहेको बाढी डुवानको विषयमा मन्त्री पुनसंग छलफल गर्नुभएको हो ।
भेटमा मन्त्री पुनले मधेश डुवानको दीर्घकालीन समाधानका लागी एकीकृत योजना बनाउने प्रस्ताव गर्नुभएको छ । उहांले बाढी र डुवान समस्यालगायत प्राकृतिक प्रकोपविरुद्ध केन्द्र सरकार र प्रदेश मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । मन्त्री पुनले प्रदेश नम्बर २ बाढी डुवानबाट सवैभन्दा बढी प्रभावित भएको भन्दै स्थानीय जनतासंगको सहकार्यमा दुवै सरकारले काम गर्नुपर्ने बताउनुभयो ।
‘डुवानको जरो कुरा पत्ता लगाउनका लागी एकीकृत योजना बनाएरै अघि बढौ, दुवै सरकारबीच समन्वय गरेर एकिकृत योजना बनाए मात्र दिर्घकालिन समस्या समाधान हुन्छ । नभए राज्यले हरेक वर्ष लगानी गरेर फाइदा हुदैन । ’ मन्त्री पुनले भन्नुभयो । उहांले तत्कालिन समाधानले राज्यको अर्वौ पैसा खेर गएको भन्दै समस्याका समाधानका लागी एकिकृत योजना बनाउनुको विकल्प नभएको बताउनुभयो । प्रदेश २ का मुख्यमन्त्री राउतले मधेषमा हुने बाढी र डुवानको समस्याको दीर्घकालीन समाधान नखोजे अवस्था भयावह हुने चेतावनी दिनुभयो ।
उहांले टालटुले समाधानले समस्याको हल नभएको भन्दै केन्द्र सरकारले दिर्घकालिन योजना बनाउनुपर्नेमा जोड दिनुभयो । मुख्ययमन्त्री रावतले केन्द्र सरकारको ध्यान ठुला नदि व्यवस्थापनामा मात्र गएको भन्दै मधेषमा रहेका साना नदिले पनि क्षती पुराउने गरेको जानकारी दिनुभयो । उहांले उर्जामन्त्री पुनसंग मधेषमा बाढी र डुवानका कारण अर्बौको धनजनको क्षती भएको भन्दै आगामी दिनमा समस्याको समाधानको लागी दीर्घकालीन योजना बनाईदिन आग्रह गर्नुभयो ।
‘अहिलेसम्म टालटुल मर्मत गर्ने काम मात्र भयो, यसले हाम्रो समस्या समाधान भएन । अव व्यापक तटबन्ध निर्माण गर्नुपर्यो, दिर्घकालिन समाधान नखोज्ने हो भने समग्र भुभाग नै खतरामा पर्ने सम्भावना छ ।’ मुख्यमन्त्री रावतले भने ।
प्रतिक्रिया