डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

६ बर्ष अगाडि

काठमाडौं – काठमाडौं महानगरपालिका-२८ रत्नपार्कस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं जोरपाटी बस्ने २९ वर्षीय नोर्वु तामाङ र काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-७ बस्ने २६ वर्षीय दिबेश लामालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

वादविवाद गरिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले उनीहरुलाई फेला पारी नियन्त्रणमा लिने क्रममा उनीहरुले उक्त नगद प्रहरीलाई दिन खोजे पश्चात पक्राउ गरेको हो । 

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-४ नयाँठिमी चोकमा डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने ललितपुर इमाडोल बस्ने संखुवासभा घर भएका २० वर्षीय संजिव योञ्जनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३५ प ६१७८ नम्बरको मोटरसाइकलले ट्राफिक सिगनल उल्लङ्घन गरेकोमा मोटरसाइकल रोकी कागजपत्र माग्दा चालक योञ्जनले प्रहरीलाई उक्त नगद दिन खोजे पश्चात उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया