नेपाल र भारतका बीच पारवाहनका बिषयमा सहज व्यवस्था हुन आवश्यक: प्रम ओली

६ बर्ष अगाडि

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच  पारवाहन लगायतका विषयमा सहज व्यवस्था हुन आवश्यक रहेको बताउनु भएको छ । 

आज नेपाल उधोग वाणिज्य महासंघ र मारिटाइम गेटवेको आयोजनामा आज  प्रथम नेपाल पारवहन सहजीकरण सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । 

प्रधानमन्त्री ओलीले नेपाल भारतबीच उल्लेखनीय परिमाणमा व्यापार, लगानी, पर्यटन र जनता–जनताबीचको आवतजावत भइरहेको सन्दर्भमा दुई देशबीचको सम्बन्धको चर्चा गर्दै भन्नुभएको छ “ हामी असल छिमेकीहरु हौं, र हामी असल छिमेकी हुनै पर्दछ भन्ने धारणा व्यक्त गर्नु भएको छ । ”

प्रधानमन्त्री ओलीले भन्नुभयो “व्यापार र पारवाहन व्यवस्थापनलाई सहज, झन्झट मुक्त र मितव्ययी बनाउन स्मार्ट लजेस्टिकको महत्वपूर्ण भूमिका हुने गर्दछ । ”

 प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच निकै पुरानो वहुआयामिक सम्बन्ध रहेको उल्लेख गर्नुभएको छ । “ हाम्रो सम्बन्धले खासगरी बदलिएको राजनीतिक र आर्थिक परिवेशमा नयाँ उचाइ हासिल गर्दैछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो । 

प्रधानमन्त्री ओलीले नेपाल भारत निकट छिमेकीहरु मात्र नभएर अभिन्न मित्रहरु समेत भएको  धारणा राख्नुभएको छ ।  प्रधानमन्त्री ओलीले  भन्नुभयो “दुई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देशका रुपमा नेपाल र भारतबीच बढीभन्दा बढी अन्तरकृया र सहकार्य हुन अत्यावश्यक छ ।  यस्तो अन्तरकृया र सहकार्य सार्वभौम समानता, आपसी विश्वास, सम्मान र सहयोगमा आधारित भएर सरकार र जनता तहमा हुनु पर्दछ । ”

६ बर्ष अगाडि

प्रतिक्रिया