सानिमा बैंकले कमायो एक वर्षमा २ अर्ब २४ करोड

६ बर्ष अगाडि

काठमाडौं – सानिमा बैंकले  एक वर्षमा ३२ प्रतिशतले नाफा बढाएको छ । बैंकले रु  १ अर्ब ६९ करोडको नाफालाई रु २ अर्ब २४ करोड पुरयाएको हो ।

बैंकले एक बर्षको अवधिमा रु १३ अर्ब ६४ करोड ऋण बिस्तार गरेको छ। ऋण बढाउन बैंकले रु ११ अर्ब ४३ करोड निक्षेप संकलन गरेको छ। यो सर्वसाधारण ग्राहकसँग उठाएको निक्षेप हो।

बैंकले एक बर्षको अवधिमा रु ३ अर्बको खुद ब्याज आम्दानीलाई रु ४ अर्ब १० करोड पुर्याएको छ । बैंकले निक्षेपमा दिने र ऋणमा लिने ब्याजको स्प्रेड दर तोकिएको सीमाभन्दा कम ४.३५ प्रतिशत कायम गरेर काम गरेको छ । बैंकको आधार ब्याज दर ९.४५ प्रतिशत छ । प्रति शेयर आम्दानी रु २८ छ।

६ बर्ष अगाडि

प्रतिक्रिया