सिएमसिले छाडेको मेलम्ची बनाउन कस्सिए यी कम्पनी, २ अर्बको ठेक्का लाग्दै

६ बर्ष अगाडि

काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको बाँकी काम गर्न दुई वटा कम्पनी प्राविधिक रुपमा पास भएका छन्।

आयोजनाले सुरुङमार्ग फिनिसिङ र हेडवर्क्स निर्माणका लागि निकालेको ठेक्कामा चिनियाँ कम्पनी सिनो हाईड्रो र नेपाली कम्पनी हाई हिमालय हाईड्रो पास भएका हुन् । फरक फरक दुई ठेक्काका लागि दुवै कम्पनी पास भएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए।इटालियन कम्पनीले सिएसमी  हिडेपछि २ मुख्य र ८ साना गरि १० वटा प्याकेजमा निर्माण गर्ने योजना अनुसार समितिले काम अघि बढाएको छ। ८ वटा साना ठेक्का मन्त्रीपरिषदबाट स्वीकृत गराएर सिधै दिएर काम गराउन लागिएको छ।

दुई मुख्य ठेक्काका लागि जेठ १७ गते टेण्डर आव्हान गरिएको थियो। आयोजनाका अनुसार सोही दुई कम्पनीले मात्रै टेण्डर भरेका थिए।आयोजनाले आर्थिक प्रस्ताव खोलेको छ । एक साताभित्र कम्पनीले आर्थिक प्रस्ताव पेश गर्नुपर्नेछ । उच्चतम प्रविधि र न्युनतम लागतमा निर्माण गर्न चाहाने कम्पनीले ठेक्का पाउनेछ । आर्थिक प्रस्तावमा कम कवोल गर्ने कम्पनीले ठेक्का पाउनेछ। कुनै समस्या नआए त्यसको १५ दिनभित्र सम्झौता हुने छ ।

सम्झौता भएपछि एक महिना मोविलाईजेसान पिरियड हुनेछ। त्यसपछि कन्स्ट्रक्सनको सुरु गर्नुपर्नेछ। दुवै ठेक्का करिव रु १÷१ अर्ब रहेको छ ।सुरुङमार्ग फिनिसिङको ठेक्कामा १२ सय मिटर फिनिसिङ, पुरै सुरुङमार्ग रेट्रोफिटिङ,  सुरुङमार्गबाट ट्रिटमेन्ट प्लान्टसम्म पाइप राख्ने लगायतका कामहरु रहेका छन्। दोस्रो हेडवर्कस निर्माण गर्ने ठेक्का हो। अहिले यो स्थानमा ओपन कट गरेर राखिएको छ । जमिनमाथि उठाईने सबै स्ट्रक्चरको काम गर्नुपर्नेछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया