झापा – झापाको बिर्तामोडमा रहेको हनुमान कम्प्लेक्समा शनिबार साझँ आगो लागेको छ ।
आगो नियन्त्रणका लागि स्थानीयबासी, सुरक्षाकर्मी को लामो प्रयास सगैँ बिर्तामोड, मेचीनगर र भद्रपुरको दमकल परिचालन गरिए पछि लागेको डेढ घण्टामा आगो नियन्त्रणमा आएको हो । उक्त आगलागीबाट भुइँतलामा रहेका दुईवटा पसल जलेर खरानी भएका छन् भने अन्य सयौँ पसलहरु आगो लाग्न बाट जोगिएका छन् ।
सेन्ट्रलमा रहेको इर्की जुत्ता पसलमा विद्युत सर्ट भएर आगलागी भएको अनुमान प्रहरीको छ । आगलागीबाट इर्की र सामसुंगको मोवाइल डिलर जल्दा करिब २ करोड बरबरको क्षती भएको व्यापारीलाई उद्धित गर्दै इलाका प्रहरीका कार्यलय बिर्तामोडका प्रहरी नायव निरीक्षक मोहन कुमार थापाले बताएका छन् ।
अनुसन्धान मिडियाबाट
प्रतिक्रिया