१६ किलो सुन काण्ड : विभागद्वारा अनुसन्धान शुरु

६ बर्ष अगाडि

काठमाडौँ–गोरखाको धार्चे गाउँपालिका–३ स्थित जङ्गलमा लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको १६ किलो सुनबारे राजश्व अनुसन्धान विभागले अनुसन्धान थालेको छ । 
 
सुनसहित पक्राउ परेका धार्चे गाउँपालिका–१ का ४० वर्षीय धनकमल गुरुङलाई प्रहरीले राजश्व अनुसन्धान विभागमा बुझाएको थियो । “शुक्रबार यहाँ आइपुगेसँगै अदालतबाट हामीले पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालेका छौँ, अनुसन्धान सकिएपछि अदालतमा मुद्दा दर्ता हुन्छ”, विभागका महानिर्देशक दीर्घराज मैनालीले भने । उनका अनुसार परीक्षणमा १६ किलो सुन सक्कली भएको पुष्टि भएको छ ।
 
गुरुङले अवैध सुन ओसारपसार गरेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको टोलीले बिहीबार गुरुङलाई नियन्त्रणमा लिएको थियो । 

सोधपुछ गर्दा निजले चीनको तिब्बतबाट उक्त परिमाणको सुन अवैधरूपमा चोरी निकासी गरी सोही गाउँपालिकास्थित जङ्गलमा लुकाइछिपाइ राखेको जानकारी दिएपछि प्रहरीले उक्त स्थानबाट १६ किलो सुन बरामद गरेको हो । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया