काठमाडौं– दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि मूल कार्यालय हाल माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडालाई बनाइने प्रारम्भिक सहमति भएको बताइएको छ ।
यस्तै सहायक कार्यालय हाल एमालेको पार्टी कार्यालय रहेको धुम्बाराहीलाई बनाइने छ । माओवादी केन्द्र निकट स्रोतका अनुसार पेरिसडाँडामा केपी ओलीको लागि नयाँ कुर्सीको व्यवस्था गरिनेछ भने धुम्बाराहीमा प्रचण्डको लागि नयाँ कुर्सीको व्यवस्था गरिनेछ दुई पार्टीबीच प्रचण्ड र ओली नै महाधिवेशनसम्म अध्यक्ष बन्ने सहमति भएको छ ।
प्रतिक्रिया