पम्फाले चलाउने भइन् चोभारमा डुंगा, बन्नेछ तलाउ

६ बर्ष अगाडि

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद पम्फा भुसालले चोभारस्थित बागमती–नख्खु दोभानमा बाढी नियन्त्रण गरी डुङ्गा चलाउने आफ्नो योजना रहेको बताएकी छन् । 

शनिबार विहान नख्खु खोलाले डुवान गरेको क्षेत्रको अवलोकनपछि बागडोलबासीसँग छलफलमा सांसद भुसालले उक्त योजना सुनाएकी हुन् ।

उनले भनिन्,‘चोभारस्थित बागमती– नख्खु दोभानमा आउने वर्षेनीको बाढीलाई नियन्त्रण गरी चोभारको ऐतिहासिक तथा पर्यटकीय महत्वको संरक्षण गर्ने सकिन्छ । चोभार दोभानमा तलाउ निर्माण गरी डुङ्गा चलाउने मैले योजना बनाएकी छु ।’
साथै उनले नख्खु करिडोर र बागमती करिडोर निर्माणमा आफूले विशेष जोड दिएको पनि बताइन् ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया