डुङ्गा चलाएर जीविकोपार्जन

६ बर्ष अगाडि

दाङको लमही–९ रिहारस्थित सागर चौधरीले डुङ्गा चलाउन थालेको तीन वर्ष भयो । यसभन्दा अघि उहाँका बुबाले डुङ्गा चलाउनुहुन्थ्यो । बुबा बुढो हुँदै गएपछि १७ वर्षको उमेरदेखि  डुङ्गा चलाउन थालेको सागरले भने। 

उनले राप्ती नदी पानीको बहाब बढेर वारपार गर्ने अवस्था नभएमा डुङ्गामार्फत मानिसलाई वारपार गराउने गर्नुभएको छ । उनका बुबाले करीब २४÷२५ वर्ष सोही ठाउँमा डुङ्गा चलाएर घर परिवार पाल्दै आउनुभएको थियो । 

पैतिया–गङ्गदी घाट नजिकबाट सागरले डुङ्गामा मानिसलाई तारेर दैनिक ५०० देखि एक हजारसम्म आम्दानी गर्नेगरेकोछ । डुङ्गामा तारेवाफत उनले प्रतिव्यक्ति रु २० लिने गरेको बताए। 

कक्षा १० सम्मको पढेपछि देउखुरीको लमहीबाट कोरियन भाषा पढाइ शुरू गरे, तर त्यसमा पनि उनुत्तीर्ण भएपछि उहाँले पुख्र्यौली पेशा शुरु गरेको बताए। 

६ बर्ष अगाडि

प्रतिक्रिया