सम्पदा पुननिर्माणका लागि महानगरले आवश्यक पैसा खर्च गर्छ, सबै मिलेर साझा योजना बनाउँ : मेयर शाक्य

६ बर्ष अगाडि

काठमाडौं  – काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सम्पदा उठाउन पैसाको कुनै कमी नभएको बताउँदै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले, साझा मत निर्माण गरेर महानगरलाई सघाउन अपिल गर्नुभएको छ । शनिबार बिहान महानगरको वडा १५ बिष्णुमती नदी किनारामा रहेको लख तीर्थ पुननिर्माणको शिलान्यास गर्दै मेयर शाक्यले भने — ‘हामी असल नियतले काम गर्न खोज्छौं, कतै न कतैबाट दोष आइलाग्छ । सम्पदा पुननिर्माणको योजना बनाउँछौं, छलफलका लागि वडामा पठाउँछौं । त्यसबेला कसैबाट केही गुनासो पनि आउँदैन, सुझाव पनि आउँदैन ।’ कामको अनुभूति सुनाउँदै मेयर शाक्यले भन्नुभयो — ‘जब काम शुरु हुन्छ । तब यहाँ मिलेन । त्यसो भएन भनेर बिरोधका आवाज आउन थाल्छन् । आखिर किन यस्तो? सुझाव भए योजनाकै चरणमा दिनुप¥यो । काम शुरु भए पछि त सम्पन्न गर्नतिर लाग्नु प¥यो ।’ 

लखतीर्थ पुननिर्माणका बिषयमा बोल्दै मेयर शाक्यले — अहिलेका लागि करीब ५० लाख रुपैयाँ खर्च गरेर काम गर्ने योजना बताउनुभयो । पुननिर्माणको बिस्तृत परियोजना प्रतिवेदन तयार पार्दा यदि लागत बढ्न गएछ भने थप भएको लागत व्यहार्न पनि महानगर तयार छ । उनँको भनाइ छ । 

सोही कार्यक्रममा बोल्दै महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगालले भने — बिधि र प्रक्रिया पूरा गरेर थालिएका काममा पनि बिरोध आउँछन् । सरकारले प्रक्रिया छोडेर काम अघि बढाउन मिल्दैन । अघि बढाएका काम सम्पन्न नगरी बीचमै छोड्न पनि मिल्दैन । उनले लख तीर्थ पुननिर्माणको प्रसङ्ग निकाल्दै भनेो — यहाँ पनि बिरोध गर्नेको आवाज सुनिन थालेको छ । यदि कसैलाई केही नमिलेको जस्तो लाग्छ भने आउनोस्, बसेर छलफल गरौं । तपाईँलाई लागेको कुरा सुनाउनोस्, हामी योजना सुनाउँछौं । अनि निष्कर्षमा पुगांैला । 

लख तीर्थ शंखधर साख्वासँग सम्बन्धित स्थान हो । यही लख तीर्थबाट उठाएको बालुवामा सुन भेटेपछि सुन बेचेर किसानको ऋण तिरिदिएका थिए भन्ने बिश्वाश छ । शिलान्यास समारोहमा पुननिर्माण समितिका संयोजक सुवर्ण डंगाल, पूर्व संसद सदस्य लक्ष्मीदास मानन्धरलगायत बक्ताले लख तीर्थको पुननिर्माण गर्न सके नेपाल मण्डलबासीको शिर उचो हुने धारणा राख्नुभएको थियो । 

यसको पुननिर्माण जनसहभागितामा आधारित हुनेछ । पुननिर्माणको गुरुयोजना तयार पार्ने, बिस्तृत परियोजना प्रतिवेदन तयार पार्ने र परियोजना व्यवस्थापन गर्ने काम पुननिर्माण समितिले गर्नेछ । समितिलाई यस कामका लागि नेपाल राइजिङ् अमेरिका (गैर आवासीय नेपालीको संस्था, अमेरिकाको सियाटलमा रहेको) ले २५ लाख रुपैयाँ बराबर सहयोग गरेको छ । नेपाल राइजिङ्का नेपाल प्रतिनिधि प्रकाश अमात्यले भने — जनसहभागितामा आधारित सम्पदा पुननिर्माणमा यो राष्ट्रिय अन्तरराष्ट्रिय साझेदारिताको गतिलो उदाहरण हो ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया