पार्टी एकताको खुसीयालीमा ओली र प्रचडले रोपे बिरुवा, एकता पात जस्तो होला कि बोट जस्तो ?

७ बर्ष अगाडि

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन–आश्रित स्मृति दिवश तथा पार्टी एकताको खुशीयालीमा आज बालुवाटारमा वृक्षारोपण गरेका छन् । 

प्रधानमन्त्री ओली र अध्यक्षदाहालले एक/ एक वटा  जीन्को वाइलोवा नामको विरुवा रोपेका हुन् । 
यस्तै सो क्रममा पार्टी एकता संयोजन समितिका सदस्यहरुले पनि आँप, पिपल, कपूर, अम्बालगायतका एक–एक ओटा विरुवा रोपेका थिए ।  
प्रचण्ड र ओलीले रोपेको जीन्को वाइलोलाई विश्वको पुरानो बनस्पति मानिन्छ । 
 यो बिरुवाले ६–६ महिनाको फरकमा पातको रंग फेर्छ तर बोट भने निकै अजम्बरी हुन्छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया