काठमाडौं– नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले एमाले र माओवादी बीच एकता हुँदै गर्दा केहि प्रश्नहरु अनुत्तरित रहेको बताएका छन् ।
उनले दुई पार्टी एकताबारे ट्वीट गर्दै प्रश्न गरेका छन्, ‘के वानरहरू पुच्छर काटेकै भरमा मान्छे भएका हुन् ?’
उनले गणितमा माइनस एक र माइनस एक जोड्दा माइनस दुइ हुने भएपनि माइनस एकको मूल्य धेरै कि माइनस दुइको मूल्य धेरै हो भन्ने कुरा मूख्य भएको बताएका छन् ।
एमाले र माओवादीले सर्वहारा अधिनायकत्व नै छाडेको आरोप लगाउँदै कम्युनिष्ट नाममा मोह दर्र्शाएको समेत आरोप लगाएका छन् ।
प्रतिक्रिया