पर्सामा एक किशोरीको शव भेटिएको छ । पर्साको जगरनाथपुर गाउँपालिका–२ दसौतास्थित ओरिया खोलाको किनारमा कन्दाजी १४ वर्षकी किशोरीको शव फेला परेको प्रहरीले जनाएको छ ।
शव चिन्न नसक्ने गरी सडेको र पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनको हत्या हो वा अरु कुनै कारणले मृत्यु भएको हो भन्ने बारेमा केही खुलेको छैन ।
प्रतिक्रिया