प्रहरीमा बन्यो कुकुर शाखा

६ बर्ष अगाडि

धनुषाको मिथिला नगरपालिकास्थित प्रहरी चौकी लालगढ परिसरमा कुकुर शाखा स्थापना भएको छ ।

प्रदेश  २ अन्तर्गतका जिल्लामा हुने अपराध तथा आपराधिक गतिविधिको नियन्त्रण, जघन्य प्रकृतिका अपराध अनुसन्धान तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षालगायत अन्य प्रहरी कार्यमा सहजताका लागि केनाइन शाखा स्थापना गरिएको छ ।

सो केनाइन शाखामा हाल प्रहरी नायब निरीक्षकको कमान्डमा चार वटा तालिमप्राप्त कुकुर राखिएका छन् ।

यी कुकुरको प्रयोग प्रदेश  २ अन्तर्गतका जिल्लामा घटित अपराध अनुसन्धान कार्यमा ट्रयाकिङ गरी अपराधीको खोजी, विष्फोटक पदार्थ, लागूऔषधको पहिचान तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिको कार्यक्रम स्थलको सुरक्षालगायतका कार्यमा प्रयोग गरिनेछ ।

यसअघि अपराध अनुसन्धान कार्यमा  प्रदेश ३ प्रहरी कार्यालय हेटौंडाबाट तालिमप्राप्त कुकुर मगाउनुपर्ने बाध्यता रहेकोमा धनुषा जिल्लामै शाखा स्थापना भएपछि अपराध अनुसन्धानमा अझ सहजता थपिएको विश्वास गरिएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया