आज अपरान्ह एमाले–माओवादीबीच पार्टी एकता

७ बर्ष अगाडि

काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज अपरान्ह दुई पार्टीबीच एकता हुने घोषणा गरेका छन् । 
दुवै नेताले मदन भण्डारीको स्मृति दिवसको विशेष अवसर पारेर दुई पार्टीबीच एकता गर्न लागिएको औपचारिक घोषणा गरेका हुन् । 
 मदन भण्डारी स्मृति दिवसको अवसर पारेर बल्खुस्थित मदन भण्डारीको शालिक परिसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले दुई पार्टीबीचको एकता मुलुकको भविष्यका लागि भएको बताए । 
उनले २ पार्टीबीचको एकता नेपाललाई अझै उचाईमा पु¥याउन गरिएको दावी पनि गरे । उनले  नेपाली जनताले सर्वाधिक रुचाएका मदन भण्डारीको स्मृति दिवसको अवसर पारेर २ पार्टीबीच एकता गर्ने निर्णय लिइएको पनि स्मरण गराए  । 
नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले मदन भण्डारीको स्मृति दिवसकै अवसर पारेर आफूले पार्टी एकता गर्ने प्रस्ताव गरेको पनि बताए । 

ओली र दाहालले बुधबार विहान मदन भण्डारीको स्मृति दिवसको अवसर पारेर पार्टी एकता गर्ने निर्णय गरेका थिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया