ऊर्जा मिश्रणमा नयाँ प्रयोग, चिनी मिलबाट करिब २० मेगावाट विद्युत् किन्दै प्राधिकरण

७ बर्ष अगाडि

काठमाडौँ । जलविद्युत्, सौर्य ऊर्जा र हावाबाट मात्रे विजुली उत्पादन हुँदै आएको देश नेपालमा अर्को एउटा ऊर्जाको स्रोत समेत थपिने भएको छ ।
सरकारले अगाडि सारेको ऊर्जा मिश्रणको रणनीतअिनुासर नै नयाँ ऊर्जाको स्रोतको खोजी  भएको हो ।
सरकारको ऊर्जा मिश्रण रणनीतिअनुसार सरकारले चिनी उदोगबाट विजुली किन्ने योजानलाई कार्यान्वयनमा लैजान लागेको हो ।
सम्वद्ध पक्षहरुले दिएको जानकारी अनुसार चिनी उत्पादन गर्ने उद्योग र नेपाल विद्युत् प्राधिकरणबीच निकट भविस्यमा नै विद्युत् खरिद सम्झौताको तयारी गरिएको छ ।
सम्वद्ध पक्षहरुकाअनुसार प्राधिकरण र चिनी उद्योगबीच १९.५ मेगावाट विद्युत् खरिद सम्बन्धी सम्झौता हुन लागेको हो ।
त्यसको तयारीका लागि सबै प्राविधिक काम समेत सम्पन्न भइसकेको छ ।
उद्योगले यसै वर्षदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य समेत राखेको छ । त्यसका लागि उद्योगले प्राधिकरणसँग आवश्यक प्राविधिक तयारी गर्न आग्रह गरेको छ । प्राधिकरणको ग्रीड महाशाखाले समेत त्यसको आवश्यक तयारी गरिसकेको छ ।
उखुको खोस्टालाई प्रयोग गरेर विद्युत् उत्पादन गर्ने प्रविधि नेपालका लागि नयाँ भएपनि विश्व बजारमा यसको प्रयोग निकै लामो समय पहिलेदेखि नै भएको थियो ।
भारतमा मात्रै उखुको खोस्टाबाट करिब पाँच हजार मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुने गरेको छ । इन्डोनेसिया, मलेसिया तथा चिनीको भाँडाको रुपमा परिचित क्यूबामा समेत उखुको खोस्टाबाट विद्युत् निकाल्ने प्रविधि धेरै पहिले देखि नै सुरु भएको हो ।
नेपालमा भने विगत केही वर्षदेखिको प्रयासपछि मात्रै उखुाको खोस्टाबाट विद्युत् निकाल्ने प्रणालीको विकास गरिएको हो । उद्योग सञ्चालनका लागि मात्रै पुग्ने भएपनि विद्युत् उत्पादन भए उद्योगमा प्रयोग हुने विद्युत् घरायसी तथा अन्य कामका लागि प्रयोग गर्न सकिने भएकाले चिनी उदोगबाट उत्पादन हुने विद्युत्को बहुपक्षीय फाइदा हुने देखिन्छ ।
प्राधिकरणका अनुसार पहिलो चरणमा विद्युत उत्पादन गर्न अनुमति लिएका रिलायन्स, इन्दुशंकर र एभरेष्ट चिनी उद्योगसँग विद्युत् खरिद सम्झौता गर्न लागिएको छ ।
पहिलो चरणमा करिब १५ मेगावाट क्षमताको उद्योग सँग सम्झौता गरिनेछ भने दोस्रो चरणमा ४.५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने उदोगसँग सम्झौता गरिनेछ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाअनुसार चिनी उद्योगलाई व्यवसायिक तथा ऊर्जा उत्पादनमा समेत सहभागी गराउने लक्ष्यका साथ सरकारले सारेको योजनाअनुसार ऊर्जा मिश्रणको रणनीति लागू गर्न लागिएको र सम्झौताको तयारी भएको जानकारी दिए ।
ऊर्जा मिश्रणको अवधारणालाई व्यवहारिक रुपमा अगाडि बढाउन सौर्य ऊर्जा प्रणाली, वायु ऊर्जा प्रणाली, बायोमास सँग सँगै चिनी उदोगबाट पनि विद्युत् उत्पादन गर्ने रणनीति अगाडि सारिएको हो ।
सरकारले २०७२ साल फागुन ६ गते सार्वजनिक गरेको ऊर्जा संकटकालीन कार्ययोजनामा समेत ऊर्जा मिश्रणको अवधारणा अगाडि सारिएको थियो । सोही अवधारणाअनुसार विद्युत् विकास विभागले इच्छुक चिनी उद्योगलाई आशयपत्र पेश गर्न आग्रह गरेको थियो ।
सार्वजनिक सूचना मार्फत माग गरिएको आशयपत्र अनुसार पहिलो चरणमा ६ वटा चिनी उद्योगले विद्युत् उत्पादनमा सहभागी हुने प्रतिवद्धता जनाएका थिए । कूल १२ वटा चिनी उद्योग सञ्चालनमा रहेपनि बढीमा आठ मात्रै चिनी उद्योगबाट विद्युत् उत्पादन गरेर प्राधिकरणको ग्रीडमा जोडन सकनिे अवस्था रहेको छ ।
पहिलो चरणमा परिक्षणकै रुपमा केही उद्योगसँग विद्युत् खरिद सम्झौता गरिने, तिनीहरुको अवस्थाको समग्र मूल्यांकनपछि अरु सबै उद्योगसँग सम्झौताको तयारी गरेको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीकाअनुसार पहिलो चरणमा एक उद्योगबाट १५ मेगावाट विद्युत् खरिद गर्ने सम्झौताको तयारी गरिएको छ । एकाध दिन भित्रै सम्झौता गरिनेछ, प्राधिकरणको तयारी छ ।
प्राधिकरणका अनुसार रिलायन्स चिनी उद्योगसँग आगामी १५ दिन भित्रै स्म्झौताको तयारी गरिएको छ ।
सो चिनी उदोगले प्राधिकरणको मागअनुसार सुक्खा समयमा प्राधिकरणको प्रसारण प्रणालीमा तोकिएबमोजिम विद्युत् उपलब्ध गराउने छ ।
उद्योगको प्रतिवद्धताअनुसार चार महिना प्राधिकरणको प्रणालीमा १५ मोवाट विद्युत् दिइनेछ ।
सो उद्योगले प्राधिकरणसँग जडान सम्झौता समेत गरिसकेको छ ।
यस्तै प्राधिकरणकाअनुसार दोस्रो चरणमा धनुषाको एभरेष्ट चिनी उदोग र सर्लाहीको इन्दुशकार चिनी उद्योगसँग विद्युत् खरिद तथा जडान सम्झौतालगायत आवश्यक तयारी गरिनेछ ।
प्रतिवद्धताअनुसार इन्दुशंकरले ३ मेगावाट र एभरेष्टले १.५  मेगावाट विद्युत उत्पादन गरी प्राधिकरणको प्रणालीमा उपलब्ध गराउनेछ ।
नियमअनुसार विद्युत् खरिद सम्झौता भएको एक वर्षभित्र चिनी उद्योगले प्राधिकरणलाई विद्युत् उपलब्ध गराउनुपर्नेछ ।
सरकारले ऊर्जा संकट समाधान गर्ने लक्ष्इका साथ २०७२ जेठ २ गते चिनी उद्योगको विद्युत् खरिद गर्ने निर्णय गरेको थियो ।
चिभनी उद्योगबाट विद्युत् खरिद गर्ने निर्णय गराउँदा प्रधानमन्त्रीका रुपमा सुशील कोइराला कार्यरत थिए ।
विद्युत ऐनअनुसार उद्योगसँग करार सम्झौता गरी विद्युत सहउत्पादन गर्ने रकारको पूर्व निर्णयअनुसार प्राधिकरणले विद्युत् खरिद सम्झौता गर्न लागेको हो ।
उखुको खोस्टाले वास्फ इन्जिन चलाउने र त्यसबाट विद्युत् निकाल्ने प्रणालीको सफल प्रयोग भए त्यसबाट नेपालको ऊर्जा क्षेत्रमा नयाँ एउटा प्रयोग सफल समेत हुनेछ ।

७ बर्ष अगाडि

प्रतिक्रिया