काठमाडौं – युनाईटेड इन्स्योरेन्स कम्पनीको प्रवद्धर्कले हकप्रद सेयर लिन रु ४० करोड जम्मा गरेका छन् । कम्पनीले निष्काशन गर्न लागेको १ बराबर २ दशलव ४ को अनुपातमा हकप्रद सेयर लिनको लागि प्रवद्धर्कहरुले विहीबारसम्ममा लगानी गरिसकेको कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताए ।
कम्पनीमा एक प्रतिशत भन्दा बढी प्रवद्धर्क सेयर लिने सेयरधनी सबैले हकप्रदको सेयर लिएको उनले जानकारी दिए । कम्पनीले रु ७२ करोड ५७ लाख बराबरको हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको छ ।
उक्त कम्पनीलाई बोर्डले १ बराबर २ दशमलव ४ को अनुपातमा अर्थात २४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति दिएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताको लागि हकप्रद सेयर निष्काशन गर्दैछ ।
साउन १४ गते कम्पनीको बुक क्लोज हुने भएकोले १३ गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताले हकप्रद सेयर भर्न पाउछन् । विहीबार कम्पनीको सेयर प्रति कित्ता रु ८५० मा कारोबार भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी रु ३० करोड २४ लाख छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी रु १ अर्ब २ करोड हुने छ ।
प्रतिक्रिया