काठमाडौँ – आफुले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखलाई भेटेको समचार गलत भएको पूर्व राजा ज्ञानेन्द्र शाहले बताएका छन्।पूर्व राजा शाहका सचिव डा फणिराज पाठकले एक विज्ञप्ति निकाल्दै यस्तो दाबी गरेका हुन् ।
पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट मध्यरातमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेको भन्ने केही अनलाईन पत्रिकाहरूमा छापिएका खबर पूर्णतया झूठो भएको जानकारी गराउन चाहन्छु ।’
साथै विज्ञप्तिमा यस्ता कपोकल्पित समाचारले राष्ट्रको गरिमा घटाउने र नेपालीको सम्मानमा ठेस लाग्ने उल्लेख छ । ‘
प्रतिक्रिया