काठमाडौं – सिटिजन्स बैंकमा उच्च तहका जनशक्तिको बढुवा गरेको छ । समस्यामा फसेपछि बैंकले केही उच्च व्यवस्थापनमा रहेका कर्मचारीको बढुवा र ज्म्मिेवारी हेरफेर गरेको हो ।
बैंकका चार जना उच्च तहका कर्मचारीको बढुवा गरिएको बैंकले जनाएको छ ।
बैंकका प्रमुख कर्जा अधिकृत सुमितबाबु खत्री,प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले,प्रमुख जोखिम अधिकृत राजेन्द्रलाल श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उमंग शर्मालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । नयाँ प्रमुख कार्यकारी अधिकृतमा जनक शमामर्् पौडेल ल्याएपछि उनलाई चेक एण्ड व्यालेन्स गर्ने भन्दै उच्च व्यवस्थापनमा हरेफेर गरिएको हो ।
उक्त बढुवा कात्तिक १ गतेदेखि लागु हुने छ । करिव १९ वर्षको बैंकिंग अनुभव भएका सुमितले १५ वर्ष कर्जा विभागको विभिन्न पदमा रहेर काम गरिसकेका छन्। उनी अन्तर्गत हाल संस्थागत तथा व्यवसायिक बैंकिंग युनिट, उपभोक्ता बैंकिंग युनिट, एसएमई युनिट तथा सहवितियकरण र पूर्वाधार बैंकिंग युनिट रहेका छन्।
बैंकिंग अनुभव भएका काफ्ले विभिन्न पदमा रहेर बैंकिंग सेवा दिइरहेका छन्। शाखाको संचालन तथा व्यवस्थापन, नीति नियमको अनुपालन,संस्थागत कर्जा तथा एसएमई कर्जा जस्तो काम गरेका काफ्ले हाल प्रमुख संचालन अधिकृतको रूपमा काम गरिरहेका छन्।
प्रतिक्रिया