बैंक तथा वित्तीय संस्थाले बीमा गरे कारवाही, यस्तो आयो नयाँ नीति

६ बर्ष अगाडि

काठमाडौं – बैंक तथा बित्तीय संस्थाले कर्जा दिँदा ऋणीलाई आवश्यक बाहेकको बीमा  गराउन नपाउने भएका छन्।

पछिल्लो समय बैंक वित्तीय संस्थाले ऋणीलाई अनावश्यक बीमा पोलिसी भिडाउन थालेपछि मौद्रिक नीति मार्फत नै केन्द्रीय बैंकले कडाइ गरेको हो।

बैंक वित्तीय संस्थाले ऋणीले चाहेको वीमा कम्पनीबाट मात्रै बीमा गराउन पाउनेछन् ।  कर्जा सुरक्षणको लागि मात्रै राखिएको सम्पत्तिको ऋणीले बीमा गराउनु पर्ने छ । त्यस बाहेक अन्य कुनै पनि बीमा पोलिसी ऋणीलाई बिक्री गर्न बैंक वित्तीय संस्थालाई बन्देज गरिएको छ।

कर्जाको सुरक्षण स्वरूप राखिएको सम्पत्तिको बीमा गराउनु पर्ने र कर्जाको प्रत्यक्ष रूपले सम्बन्धित बीमा पोलिसीबाहेक अन्य कुनै पनि प्रकारको बीमा पोलिसी बिक्री गर्न नपाउने व्यवस्था गरिने छ’ आज सार्वजनिक मौद्रिक नीतिमा उल्लेख छ।

यसैगरी बैंक तथा वित्तीय संस्थाको वेबसाइट नेपालीकरण गरिने भएको छ। सर्वसाधारणको सहजताकालागि केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो।

केन्द्रीय बैंकले स्थानीय तहका बैक पहुँच नभएका वडामा शाखा बिस्तार गर्न इजाजत नचाहिने व्यवस्था गरिदिएको छ । स्थानीय तहका सबै ६ हजार सात सय ४३ वडासम्म नै वित्तीय सेवाको पहुँच पुर्या उन बैक शाखा नभएका बडाहरूमा शाखारहित बैंक खोल्न यस बैकको स्वीकृति लिनु नपर्ने व्यवस्था गरिने छ ’सार्वजनिक मौद्रिक नीतिमा भनिएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया