काठमाडौं – प्रभु बैंकले खुद नाफामा छलाङ मारेको छ । अघिल्लो बर्ष रु ९६ करोड ७० लाख नाफा गरेको बैंकले यसपाली रु २ अर्ब ३ करोड नाफा आर्जन गरेको छ । यो शत प्रतिशतभन्दा माथि हो।
बैंकले ब्यापार बिस्तार गरेर खुद आम्दानीमा उच्च सुधार गरेको छ । बैंकले रु ७३ अर्बको ऋणलाई रु ८६ अर्ब पुर्याएको छ । साथै रु ९७ अर्बको निक्षेपलाई रु १ खर्ब १२ अर्ब पुगेको छ ।
ब्यापार विस्तारका लागि चाहिने स्रोत जुटाएर बैंकले नाफा वृद्धि गरेको हो। बैंकले केही पुराना डुबेका ऋण पनि यो अवधिमा उठाएको छ । पछिल्लो तीन महिनामा मात्रै बैंकक नाफा रु ५९ करोड ८३ लाखले बढेको छ।
बैंकले खुद ब्याज आम्दानी रु २ अर्ब ८१ करोडबाट बढाएर रु ४ अर्ब ५६ करोड पुगेको छ । बैंकको ब्याज स्प्रेड भने केही माथि छ। बैंकले ४.७ प्रतिशतको स्प्रेडमा काम गरेको छ । बैंकको आधार दर घटेर ९.३६ प्रतिशतमा आइसकेको छ।
प्रतिक्रिया