यसरी हुँदैछ एकता, एमाले–माओवादीको यस्तो निर्णय

७ बर्ष अगाडि

काठमाडौं– नेकपा माओवादी केन्द्रले एमालेसँग  भएको पार्टी एकता गर्नेसम्बन्धी सहमतिलाई अनुमोदन गरेको छ । यसअघि एमालेले पनि पार्टी बैठकमार्फत एकताको अनुमोदन गरिसकेको छ । दुई पार्टीबीच  भोलि अपरान्ह पार्टी एकताको घोषणा गर्ने तयारी छ । 

माअ‍ोवादी केन्द्रको बुधबार अबेर सम्पन्न केन्द्रीय कार्यालयको बिस्तारित बैठकले पार्टी एकता गर्ने सहमतिलाई अनुमोदन गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । 
बिहानै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पार्टी एकता गर्ने अन्तिम समझदारी भएको थियो ।  पार्टीको बैठकमा प्रचण्डले एमालेसँग पार्टी एकता गर्न लागेको र एकीकृत पार्टीमा सम्मानजनक सहभागिता पनि हुन लागेको जानकारी गराएका थिए । प्रचण्डले जानकारी गराएसँगै एकताको स्वागत गर्दै बैठकले अनुमोदन गरेको थियो । 
नेताहरुका अनुसार  भालि अपरान्ह ४ बजे पत्रकार सम्मेलनमार्फत एकताको घोषणा गरिने छ त्यसअघि विहान ८ बजे मदन स्मृति दिवस मनाउने कार्यक्रम छ । जहाँ दुबै पार्टीका अध्यक्ष सहभागि हुनेछन् । 

यस्तै १० बजे पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ भने ११ बजे एमालेको केन्द्रीय समितिको बैठक बस्नेछ । 
यस्तै १ बजे माओवादी केनद्ीय कार्यलय बैठक बस्नेछ भने  २ बजे सकेसम्म एकीकृत पार्टी दर्ताका लागि निर्वाचन आयोग गइनेछ । 
यस्तै ४ बजे पत्रकार सम्मेलन गरेर एकताको घोषणा गरिनेछ । 


एकताको निकट पुगेका एमाले र माओवादीबीच केपी ओली र प्रचण्ड दुबै पार्टी अध्यक्ष बन्ने सहमति बनेको छ । नेताहरुका अनुसार महाधिवेशनसम्म केपी ओली र प्रचण्ड दुबै जना एकीकृत पार्टीको अध्यक्ष हुनेछन् । 
सहमतिअनुसार एकीकृत पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय बनाइने भएको छ । जसमा एमालेबाट २४१ जना र माओवादीबाट २०० जनाको प्रतिनिधित्व हुनेछ । 
एमाले स्रोतका अनुसार स्थायी कमिटी ४३ सदस्सीय बनाउने समझदारी भएकोमा एमालेबाट २५ र माओवादीबाट १८ जना रहने छन् । 
दुई पार्टीले हीबार नै नेपाल कम्युनिष्ट पार्टीको नाममा निर्वाचन आयोगमा दल दर्ता गराउने  तयारी थालेका छन् ।  दुई पार्टीबीच सूर्य चिन्ह नै  चुनाव चिन्ह राख्ने सहमति भएको छ । सूर्य एमालेको हालको चुनाव चिन्ह हो । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया