"सम्पत्ति सुद्धीकरणको विषयमा आयोगले गम्भीर अनुसन्धान गरिरहेको छ" :  प्रमुख आयुक्त

६ बर्ष अगाडि

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले सम्पत्ति सुद्धीकरणको विषयमा आयोगले विभिन्न व्यक्तिहरुमाथि गम्भीर अनुसन्धान गरिरहेको बताएका छन् । 

तर, व्यक्तिको सामाजिक प्रतिष्ठामा हुन सक्ने क्षतिलाई ध्यानमा राखेर अनुसन्धान निष्कर्षमा नपुगेसम्म विवरण सार्वजनिक गर्ने पक्षमा आफूहरु नरहेको घिमिरेले स्पष्ट पारे । अहिले पनि १४० जनाको हाराहारीका व्यक्तिहरुको सम्पत्ति अख्तियारले छानबिन गरिहरेको उनको भनाई छ । ‘हामीले १३० देखि १४० जना व्यक्तिहरुको सम्पत्ति छानबिन गरेका छौं ’ बुधबार सञ्चारमाध्यमका सम्पादकहरुसँगको अन्तर्क्रिया कार्यक्रममा क्रममा उनले भने, ‘हामी अनुसन्धानको प्रक्रियामा छौं, सबै विषय अदालतमा प्रवेश गरिसकेपछि मात्रै सार्वजनिक हुन्छ ।’

घिमिरेले आयोगको कार्यदिशालाई गति प्रदान गर्न आफू लागिपरेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण अख्तियार एक्लैले नसक्ने भएकाले सबै पक्षको सहयोग र सहकार्य जरुरी रहेको बताए । यसैगरी घिमिरेले विगतका सकारात्मक तथा नकारात्मक विषयबाट पाठ सिक्दै आयोग अगाडि बढ्ने पनि प्रतिवद्धता पनि जनाए । ‘यहाँ आयोगले विद आउट फेयर र फेबरको काम गर्छ कि गर्दै भन्ने कुरा  आयो । हामीले विगतबाट नै सिक्ने हो’, उनले भने, ‘मैले बारम्बार भन्ने गरेको छु, आयोग विभिन्न कालखण्डमा अरोह र अवरोधको स्थितिमा गुज्रेको छ।

यसैबाट सिकेर सकारात्मक कुरालाई ग्रहण गर्दै जाने र नकारात्मक कुरा पुनरावृत्ति नहोस् भन्नेमा हामी सचेत छौं ।’

६ बर्ष अगाडि

प्रतिक्रिया