दाउरा निकाल्न खोज्दा बाढीमा बगेर युवक बेपत्ता

६ बर्ष अगाडि

सप्तरी – सप्तरीको रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलामा बगेर आज सोही ठाउँका मो सलामतका छोरा ३४ वर्षीय मो नसिर मियाँ बेपत्ता भएका छन् ।

बाढीले बगाएर ल्याएको दाउरा निकाल्न खोज्दा पानीको भेलले बगाएर लगेको प्रत्यक्षदर्शीले बताएको रुपनीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दुई दिनदेखिको वर्षाले खाँडो खोलामा बाढी आएको र बाढीसँगै बगाएर ल्याउने दाउरा, काठका मुढा निकाल्ने क्रममा बेपत्ता भएका मियाँको खोजबिन भइरहे पनि हालसम्म पत्ता नलागेको उक्त कार्यालयका प्रहरी उपरीक्षक सुरेश ठाकुरले बताउनुभयो ।

६ बर्ष अगाडि

प्रतिक्रिया