बाढीले बगायो घर

६ बर्ष अगाडि

अविरल वर्षापछि रुपन्देहीको ढवाहमा एउटा घर बगाएको छ ।

ढवाह वडा न १२ पिस पार्क नजिकै रहेको दिपक वि क को घर राति १ बजे सतगरी खोलामा आएको बाढीले बगाएको हो।

बाढीको सम्भावनालाई मध्यनजर गर्दै मंगलबार नै त्यस वरिपरी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा खोलामा जाली तथा ढुंगाको पर्खाल लगाए पनि गएराति आएको ठूलो बाढीको कारण घर बगाएको प्रहरी सहायक निरीक्षक लोक बहादुर रजाली मगरले जानकारी दिए ।

जोखिमको सम्भावना देखेपछि मंगलबार नै घरका सबै समान अन्यन्त्र सारेको र घरमा रहेका सबै परिवर बाहिर बसेको कारण मानवीय छ्यति भने हुन पाएन ।

६ बर्ष अगाडि

प्रतिक्रिया