अस्ट्रेलियाको डार्विनस्थित नेपालीहरुको छाता संगठन(एनएएनटी)ले नेपाली संस्कृति एवम् परिकार महोत्सव–२०१९ आयोजना गर्न लागेको छ ।
डार्विनको प्रमुख प्रदर्शनीस्थल डार्विन वाटर फन्टमा आगामी जुलाई २७ तारिख शनिबारका दिन महोत्सव गर्न लागिएकाे महोत्सव प्रचार प्रसार समितिका संयोजक युवराज पन्तले जानकारी दिए ।
नेपाली परिवेश, भेषभूषा र संस्कृतिलाई प्रदर्शन एवम् प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवमा डार्विनस्थित विभिन्न संस्था एवम् व्यवसायीहरुको सहयोग रहने उनले बताए ।
स्थानीय सरकारको सह–आयोजना हुन लागेको महोत्सवको मुख्य आकर्षणमा सांस्कृतिक झाँकी, नृत्य तथा गायन, कुमारी घर, नेपाली घर तथा अन्य नेपालीपन झल्काउने कलाबस्तुहरु रहनेछन् ।
यस्तै महोत्सवमा नेपाली खानका स्टल पनि रहनेछन् भने नेपाल भ्रमण वर्ष २०२० सफल बनाउने खालका प्रवर्द्धनात्मक कार्यक्रम पनि हुनेछ ।
अस्ट्रेलियन सरकार एवम् सांसदहरु समेतको सहभागिता रहने महोत्सवमा उपस्थितिका लागि सबै नेपाली समूदायलाई अनुरोध गरिएको छ।
प्रतिक्रिया