इन्जिनियरमा बढ्दो घुस काण्ड , एक महिनामा मात्रै २० जना समातिए

६ बर्ष अगाडि

काठमाडौँ – अीखतयारका अनुसार चरौँदी नदी नियन्त्रण आयोजनाको भुक्तानी सहज बनाउन भन्दै २ लाख रुपैँया घूस लिँदै गर्दा असार ३० गते जलस्रोत तथा सिंचाइँ डिभिजन कार्यालय कञ्चनपुरका इन्जिनियरद्वय अजितकुमार श्रीवास्तव र ग्रीष्मा ठकुन्ना रंगेहात पक्राउ परेका थिए ।

यस्तै  विद्युत जडानको प्राविधिक मूल्याङ्कन गरिदिने र भुक्तानी लिन सहज बनाइदिने भन्दै ५० हजार घुस लिँदै गर्दा सर्लाहीको रामनगर गाँउपालिकाका इन्जिनियर रामजीबाबु यादव साउन ३ गते समातिए । यी घटना असारे विकासको बेथिति र भुक्तानीका क्रममा हुने चलखेलका केही नमूना हुन् ।

यस्तो मिलेमतोमा प्राविधिक जनशक्तिको संलग्नतालाइ पनि यी घटनाले प्रस्ट्याउँछन् । एउटै प्रकृतिका यस्ता घटनामा असारयता मात्रै २० जना इन्जिनियरलाई अख्तियारले समातेको छ ।

ठेकेदारले गुणस्तरीय काम नगर्ने, प्राविधिक कर्मचारीले समयमा भुक्तानी नदिने र असारमा आएर मोलमोलाइ गर्ने प्रवृत्ति रहेको यी घटनाले देखाएको छ ।

विभागीय प्रमुख, इन्जिनियर वा अन्य कुनै कर्मचारी कुनै कार्यालयमा जानका लागि नेताको शरणमा पुगेर मोटो रकम बुझाउने तथा ठेक्का पाउन पनि नेता र कर्मचारीसँग मिलेमतो गर्ने प्रवृत्तिले पनि यस खालको लेनदेन सामान्य बन्दै गएको पूर्व प्रशासक बताउँछन् । कर्मचारीतन्त्रको राजनीतिकरणसँगै राजनीतिक नेतृत्वले दिने संरक्षणका कारण पनि विकास आयोजनाको बोलपत्र आव्हान गर्दादेखि अन्तिम भुक्तानीसम्मै अनियमितताको देखिएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया