काठमाडौँ – आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल कतारसँग चार विकेटले पराजित भएको छ । सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा मंगलबार भएको खेलमा नेपालले दिएको एक २३ रनको सामान्य लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेटको क्षतिमा एक सय २४ रन जोड्दै पूरा गरेको थियो ।
कतारको जितमा इनाम उलहकले सर्वाधिक ४१ रन बनाए । कम्रान खानले २२ रन बनाएका थिए । नौमान सरवारले अविजित १५, जोर इब्राहिमले १२ र मुहमद तनभेरले ११ रन बनाए । नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए । करण केसीले एक विकेट लिएका थिए ।
प्रतिक्रिया