आधा दर्जन गाडी चढ्छन् वनमन्त्री, यचिवालयबाट पनि उस्तै दुरुपयोग

६ बर्ष अगाडि

काठमाडौं– वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतले आधा दर्जनभन्दा बढी गाडी प्रयोग गरिरहेका छन् । 
उनले मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका गाडी प्रयोग गरिरहेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । 
यी बाहेक उनको सचिवालयले मन्त्रालय र विभागका ४ गाडी र ७ मोटरसाइकल लिएको छ । 
२०७४ मा संशाधित ‘मन्त्रीहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन’ मा ‘मन्त्रीको सवारीका निमित्त एक मोटर, मासिक २६५ लिटर पेट्रोल र त्रैमासिक रुपमा ५ लिट मोबिल’ मात्र पाउने उल्लेख छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया