भोलि नै पार्टी एकता गर्ने तयारी, ओली र प्रचण्डबीच सहमति

८ बर्ष अगाडि


काठमाडौं– नेकपा एमालेले केन्द्रीय समितिको आकस्मिक बैठक  बोलाएको छ ।  एमाले पार्टी कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले  बिहिबार बिहान ११ बजेको लागि बैठक बोलाइएको जानकारी दिए । 
बालुवाटारमा बस्ने उक्त बैठकमा पार्टी एकताको कार्यसूची रहेको छ । 
यस्तै माओवादी केन्द्रले आज बैठक बोलाएको छ ।  एमाले र माओवादीबीच सकेसम्म भोलि नै पार्टी एकताको घोषणा गर्ने तयारी छ । आज प्रचण्ड र केपी ओलीबीच एकता गर्ने सहमती भएको छ ।

८ बर्ष अगाडि

प्रतिक्रिया